काठमाडौँका बैंकबाट लाखौँ रकमको चोरी


काठमाडौँ ,११ मङ्सिर ।  नेपाल राष्ट्र बैङ्कको सूचनाका आधारमा राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुल्नु आएको छ ।
चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेका छन् ।

अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँचाहिँ बरामद भइसक्यो र कुन कुन बैंकबाट कति रकम चोरी भएको भन्ने बारे काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनुसन्धान भई रहेको बताएका छन् ।

चोरीको शैली हेर्दा बैकका कर्मचारीको सहयोग विना सम्भव नरहेको र फर्जी कागजको प्रयोगबाट चेक बनाएको अनुसन्धानले देखाएको छ ।
चोरीमा संलग्न भएर पक्राउ परेका सबै नेपाली नागरिक हो ।

प्रतिक्रिया दिनुहोस्