लक्ष्मी सनराइज बैङ्कद्वारा सगरमाथाका एक छात्रालाई छात्रवृत्ति प्रदान


बेलबारी । लक्ष्मी सनराइज बैङ्क, बेलबारी शाखाले रु.१५ हजारको छात्रवृत्ति प्रदान गरेको छ । बैङ्कले ‘सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत बेलबारी नगरपालिका वडा नं.१ मा रहेको सगरमाथा इङ्ग्लिस स्कुलका अनिस्ता धिमाललाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा आठसम्मका छात्राहरूमध्ये गरिब तथा जेहनदार विद्यार्थीहरूलाई प्रदान गरिने उक्त छात्रवृत्ति रकम बैङ्कका बेलबारी शाखा व्यवस्थापक नवराज बस्नेतले कक्षा आठमा अध्ययनरत छात्रा धिमाललाई प्रदान गरेका हुन् । धिमाल समुदाय बेलबारीमा बसोबास गर्ने पहिलो जाति हो ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक इरनकुमार राईले अनिस्ता स्वयंले पनि आफ्नो पढाइ–लेखाइ, अनुशासन र सृजनशीलतामा थप वृद्धि गर्न र अन्य विद्यार्थीहरूले पनि असल र उत्कृष्ट भए आफू पनि पुरस्कृत हुँदै गइने प्रेरणा लिनुपर्ने बताए । उक्त छात्रवृत्ति रकम स्कुलको बिहानी सभामा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्