मिस्टर एन्ड मिस पूर्वाञ्चल हुने, पहिलो अडिसन शुक्रवार


विराटनगर, १० मंसिर /  तेस्रो संस्करणको मिस्टर एन्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मङ्सिर १३ गते हुने भएको छ । त्यस्तै मङ्सिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर निशा खतिवडाले जानकारी दिइन् ।

किशोर किशोरीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको अडिसनमा सहभागी हुन आवेदन फारम मङ्सिर २१ गतेसम्म खुल्ला गरिएको छ । जम्मा तीन वटा अडिसन हुने बताइएको छ ।

जय मिडिया म्यानेजमेन्ट यस अघि पनि ब्यूर्टी प्याजेन्ट भव्य कार्यक्रम गरी सम्पन्न गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्