प्रधानमन्त्री ओलीको अपरेसन सकियो


काठमाडौँ, १० मङ्सिर । नियमित स्वास्थ्य परीक्षणको गएका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेसन गरेको छ ।

महाराजगन्जको त्रिवि शिक्षण अस्पताल परिसरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेसन सकिएको छ ।

‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएकोले केही दिन अस्पतालमानै बस्नु पर्ने तर कति दिन भन्ने कुरा खुलाएको छैन । प्रधानमन्त्री ओलीको स्वास्थ्यका अरू कुराहरू पनि हेर्नुपर्ने अस्पतालका निर्देशक डा. अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओलीको पेट दुखेपछि अस्पतालमा भर्ना हुनु सुझाव चिकित्सकहरूले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्