कानेपोखरीमा पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान माघ २७ देखी सुरु हुँदै


कानेपोखरी। कानेपोखरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान सुरु हुने भएको छ । २७ गते आइतबारदेखि सुरु हुँदै छ ।

खोप अभियान बारे गाउँपालिका प्रवक्ता तथा वडा नं.२ का अध्यक्ष सुशील बुढाथोकीले जानकारी दिँदै ६ देखी कक्षा १० सम्मका छात्राहरूलाई माघ २७ गते देखी खोप लगाउन सुरु गर्ने बताएका छन् । उनका अनुसार फागुन १ गतेसम्म २ हजार १ सय ४४ लाई खोप लगाउने लक्ष्य रहेको छ ।

खोपबारे सामाजिक सञ्जालमा देखिएको केही भ्रमित प्रचारको विश्वास नगर्न आग्रह गर्दै पाठेघरको क्यान्सरबाट जोगिन खोप लगाउन नछुट्न बुढाथोकीले बताएका छन् । खोप अभियानबारे प्रचार गर्न बुढाथोकीले स्थानीय नागरिक, शिक्षक, सञ्चार माध्यम लगायत सबैलाई पनि आग्रह गरेका छन् ।

अधिकृत सातौँ स्वास्थ्य शाखाका प्रमुख उदयकान्त सेठका अनुसार नेपालमा पाठेघरको क्यान्सरबाट महिलाको दैनिक ४ जनाको मृत्यु भइरहेको छ । तसर्थ एच.पि.भी खोप लगाउन जुटाउनै नहुने सेठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्