बेलबारी । नेकपा (माओवादी केन्द्र) बेलबारी वडा नं. ९ को अध्यक्षमा धर्मराज राई सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न दोस्रो ऐतिहासिक अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन ।
पार्टीको केन्द्रीय सदस्य साथै कोशी प्रदेश संसद् गीता तिम्सिनाको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । धर्मराज राईको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ ।