नेकपा (माओवादी केन्द्र) बेलबारी ३ को अध्यक्षमा ऋषि राई सर्वसम्मत


बेलबारी । नेकपा (माओवादी केन्द्र) बेलबारी वडा नं.३ को अध्यक्षमा ऋषि राई सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न दोस्रो ऐतिहासिक अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन ।

पार्टीको केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय अध्यक्ष रञ्जित तामाङको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । ऋषिको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

नेकपा (माओवादी केन्द्र) बेलबारी नगर कमिटीको दोस्रो अधिवेशन फाल्गुन ३ गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्