ट्यालेन्ट शोमा मारवाडी किड्सका प्रतियोगीले देखाए प्रतिभा


विराटनगर, ९ मङ्सिर / विराटनगर स्थित जैन भवनमा बिहीबार हुने प्रथम फेस अफ मारवाडी किड्स २०१९ को फाइनलमा पुगेका ४५ जना प्रतियोगीहरूले प्रतिभा देखाएका छन् । विराटनगर स्थित होटेल ह्यारिसनमा शनिवार भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले रोजाइ अनुसारका प्रतिभा देखाएका हुन् ।

प्रतियोगीहरूले गीत, नृत्य प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेस काठमाडौँको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको फाइनलमा धरान, विराटनगर र इटहरीबाट सहभागी छन् ।

टेयालेन्ट शोका निर्णायकहरूमा मोडल नवनीत प्रधान, मिस कोसी २०१६ की विजेता निरुता नेपाल र युवा नेता अमलेश कर्ण रहेका थिए । फाइनलमा पुगेका प्रतियोगीहरूलाई प्रशिक्षण मारवाडी युवा मञ्चका उपाध्यक्ष तथा कोडिनेटर जय शर्माले गर्दै आएका छन् ।

फाइनलमा पुगेका ४ देखि १४ वर्षका बालबालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । मारवाडी बालवाकिलाहरूमा भएको प्रतिभा उजागर गर्नुको साथी उनीहरूको व्यक्तित्व विकास गराइ समाज निर्माणमा उल्लेखिनिय योगदान र्पुयाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।

विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने अग्रवालले बताए । ‘विराटनगरमा लामो समयपछि फेस अफ मारवाडी किड्स जस्तो भव्य कार्यक्रम हुन लागेको हो ।’ यस्तो कार्यक्रमहरू काठमाडौँमा मात्रै हुने गरेको थियो ।

मारवाडी युवा मञ्चले मारवाडी बालबालिकाको क्षमता अभिवृद्धि गर्न स्थानीय स्तरमा यस्तो प्रतियोगिता आयोजना गरिएको फेस अफ मारवाडी किड्सका एम. डी. रेखा मोदी मित्रुकाले जानकारी दिइन् ।

फेस अफ मारवाडी किड्सको फाइनलमा पुगेका प्रतियोगीहरू ।


ट्यालेन्ट शोमा प्रतिभा देखाउँदै एक प्रतियोगी ।

प्रतिक्रिया दिनुहोस्