मोरङमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान बेलबारीबाट सुरु


बेलबारी । मोरङमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान बेलबारीबाट सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं.५ स्थित धनपाल मा.विबाट अभियानको शुभारम्भ भएको हो ।

जिल्ला समन्वयन समिति तथा जिल्ला खोप समिति मोरङका प्रमुख अजम्बर राईले बेलबारीका स्वास्थ्यकर्मीलाई एच.पि.भी खोपको सिसि तथा आवश्यक सामाग्री हस्तान्तरण गर्दै बुधवार कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । राईले खोप लगाउनबाट कोही पनि वञ्चित नहुन र खोप लगाउन नडराउन आग्रह गरेका छन् । सबैले खोप अभियानको प्रचार गर्न पनि राईले आग्रह गरेका छन् ।

बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले मोरङमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान बेलबारीबाट सुरु गरेकोमा जिल्ला समन्वयन समिति तथा जिल्ला खोप समिति मोरङलाई धन्यवाद प्रदान गरेका छन् । ४८ वटा विद्यालय, ११ वटा आधारभूत स्वास्थ्य चौकी, बेलबारी वडा नं.५, ६ र ८ सहित ६२ वटा खोप केन्द्र सञ्चालन गर्ने नगर प्रमुख राईले जनाए ।

पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुन ३ हजार ८ सय छात्राहरू कसैले पनि खोप लगाउन नछुटाउनु नहुने राईले आग्रह गरेका छन् । विद्यालय छोडेका १० देखी १४ वर्षका किशोरीहरूलाई पनि लगाउन राईले आग्रह गरेका छन् । कोही नछुटुन् भन्ने जोड दिँदै सञ्चारमाध्यमले पनि प्रचारलाई प्राथमिकतामा राख्नु पर्ने राईले बताए ।

बुधवार धनपाल मा.वि विद्यालयका ६ देखी १० कक्षासम्म अध्ययनरत छात्राहरूलाई एच.पि.भी खोप लगाएर बेलबारीमा सुरु भएको अभियान बेलबारीका ४ हजार ५ सय २० जनालाई खोप लगाउने लक्ष्य रहेको बेलबारी शाखाका प्रमुख सन्तोष वि.कले जनाएका छन् । खोप एक सातासम्म लगाउने उनले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वयन समिति तथा जिल्ला खोप समिति मोरङका उपप्रमुख उसा झा, बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला, बेलबारी ५ का वडाध्यक्ष डिल्ली बहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्