केराबारी व्यापार सङ्घको अध्यक्षमा किशन शाही सर्वसम्मत


केराबारी । केराबारी व्यापार प्रबन्ध समिति प्रस्तावित: केराबारी उद्योग वाणिज्य सङ्घ)को अध्यक्षमा किशान शाही सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको पौष १९ गते सम्पन्न आठौँ साधारण सभाबाट दोस्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समिति मार्फत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

२०६७ सालमा स्थापना भएको सो सङ्घमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद सम्हाल्दै ३ वर्ष अघि अध्यक्षमा निर्वाचित भएका थिए । यसैबिच नव गठित समितिका उपाध्यक्षमा मनुका थापा महासचिवमा अम्बिका भण्डारी,सचिवमा रमेश अधिकारी र कोषाध्यक्षमा सपना श्रेष्ठ चयन भएका छन् ।

श्रेष्ठ यस अघि पनि कोषाध्यक्ष नै थिए । त्यसै गरी सदस्यहरूमा उपेन्द्र बहादुर बस्नेत,गोमा कटुवाल,मतिकुमारी तामाङ,डेभिड बराइली,उत्तम कुमार घिसिङ सर्वसम्मत चयन भएका छन् । १५ सदस्यीय सो समितिको बाँकी ४ जना सदस्यहरू भने कार्यसमितिबाट मनोनीत हुने व्यवस्था रहेको छ ।

समितिको कार्यकाल ३ वर्षे रहने व्यवस्था रहेको छ । पहिलो कार्यकाल पुरा गरी शाहीकै नेतृत्वमा केराबारीमा डिजिटल स्वागत गेट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको थियो । गेटको पहिलो चरणको काम सम्पन्न भएको र यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको व्यापार सङ्घले जनाएको छ ।

नव गठित समितिलाई निर्वाचन आयोगका संयोजक टेकबहादुर थपलियाले शपथ गराउनुका साथै प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । २०६७ सालमा स्थापना भएको केराबारी व्यापार प्रबन्ध समिति मोरङ व्यापार सङ्घको ९ नवौँ शाखा समिति हो ।

प्रतिक्रिया दिनुहोस्