१ न. प्रदेशमा समाजवादी युवा सङ्घको अध्यक्षमा श्री सुब्बा


धरान, ९ मङ्सिर । धरान उपमहानगरपालिका १५ इजिर्राडर होटेल स्थित शनिवार समाजवादी युवा फोरम नेपाल र युवा शक्ति नेपालको समायोजन भएको छ ।

प्रमुख अतिथि समाजवादीका उपाध्यक्ष रकम चेम्जोगले देश समृद्धिको लागि खुसी र सुखी नेपाली र उत्पीदीत वर्गको निम्ति र सधीयता संस्थागत गर्नको लागि हाम्रो पार्टी आएको हो ।

समायोजनपछि समाजवादी पार्टीका युवाहरूको भातृ सङ्गठन समाजवादी युवा सङ्घमा १ न. प्रदेशको अध्यक्षमा श्रीप्रसाद जबेगु सुब्बा निर्विरोध चयन भएको छ । सुब्बाको कार्य समितिमा ६५ जना समाजवादी युवा सङ्घ गठन भएको छ ।

उपाध्यक्षमा बेल कुमार लिम्बु ,सुशील यादव , रमेश तुइया , टाइसन लिम्बु , सन्तोष राई , दीपक तामाङ मुख्य सचिव पवन विष्ट सचिवहरू निसान राई , हरेन्द्र लिम्बु , विपिन नेपाल कोषाध्यक्ष कुविन्द्र राई सदस्याहरु रमेश खत्री , रविन्द्र बस्नेत , पवित्रा बास्तोला , दिनेश अधिकारी , राम चन्द्र पारा , सुवास राई , मोहम्मद सहिल , सिता राम लुइँटेल , गोविन्द कार्की , जीवन सप्तिहाङ्क राई , प्रकाश गुरुङ ,करुण राई , क्षितिज थापा मगर , विजय यादव , श्याम सुन्दर यादव , वन्दना राई , बद्री प्रसाद राजवंशी ,रुपेश मण्डल ,अमिर मगर , सजीव कु यादव , विज्ञ नेपाल , सुनिल ठाकुर , उपेन म्याङबो लिम्बु , नइन्द्र राई , विश्व राई अञ्जल राई , शरण जवेगु , राजु तामाङ , प्रकाश केरुङ्क , विपिन लिम्बु , विनोद कुमार नेपाली , गणेश लावती , जीत ब राई , सुरेश याम्फु राई ,निर्दोष राई , नोरण राई , शम्भु राई , पेम्वा शेर्पा , धासरी राई , मनोज हरिजम बाँकी पहिलो बैठकमा थप गरिने छ ।

कार्यक्रममा विशिष्ट अतिथि समाजवादी युवा सङ्घका अध्यक्ष तथा २ न. प्रदेशका राज्यमन्त्री योगेन्द्र राय यादव लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । १ न. प्रदेशका जिल्लाहरूबाट युवाहरूको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्षता समाजवादी युवा सङ्घका वरिष्ठ उपाध्यक्ष तथा समायोजन समितिको संयोजक हेमन्त राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्