साहित्यकार छवि वैरागीलाई सुन्दरहरैँचामा सम्मान


मोरङ । हालसालै मात्र अन्तर्राष्ट्रिय अर्वाडबाट सम्मानित मोरङका साहित्यकार छवि वैरागी घिमिरे गृह नगर सुन्दरहरैँचामा आज सम्मानित भएका छन् । सुन्दरहरैँचामा रहेका सुन्दरहरैँचा कला साहित्य विकास समिति, भानु साझा पुस्तकालय, मोरङ, नझरेका फूलहरू, राइडर्स महफिल गरी विभिन्न चारओटा संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनी सम्मानित भएका हुन् ।

अमेरिकन विश्वविद्यालय (केडारब्रोक) ले आफ्नो स्थापना दिवसको अवसर पारेर भारतको दिल्लीमा शनिवार आयोजना गरेको एक भव्य समारोहका बिच घिमिरे सामाजिक सेवा गौरव सम्मान स्वर्ण पदक तथा विशिष्ट सेवा मानार्थ विद्यावारिधि (ज्यलयचबचथ म्यअतयचबतभ) बाट सम्मानित भएका हुन् । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलम सम्पन्न कार्यक्रममा पत्रकार तथा अनुसन्धानकर्ता केशु विरहीले सम्मानित व्यक्ति घिमिरेको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा प्रस्ट गरेका थिए ।

उक्त कार्यक्रममा पूर्व सांसद लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगरप्रमुख शिवप्रसाद ढकाल, सुन्दरहरैँचा नगरपालिका ६ नं वडाकापूर्व वाड अध्यक्ष जीवनकुमार राई, भाषाविद् अमृतप्रसाद आचार्य (आचार्य अ.), प्रगतिशील लेखक सङ्घ कोसी प्रदेश अध्यक्ष तिला लेकाली, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू ललित श्रेष्ठ, दुष्यन्त भट्टराईलगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा स्रष्टाहरू विदुर सुवेदी, रोहिणी रसिक, नवराज पोखरेल, प्रिन्स प्रमोद ढकाल, किरण टी लिम्बू, रूपेश श्रेष्ठलगायकाले रचना वाचन गरेका थिए ।

साथै सोही अवसरमा यमुना पराजुली, आयुश विष्ट र शमसेर रसाइलीको गायन रहेको थियो । लेखर्क, काभ्रे, भोजपुरमा जन्म भई पछिल्लो समय सुन्दरहरैँचा ९, विराटचोक, मोरङमा स्थायी बसोबास रहेका घिमिरेका विभिन्न विधाका एक दर्जनजति कृति प्रकाशित भएका छन् । केवल तिम्रै लागि (उपन्यास –२०६३), जून तारा लेखसङ्ग्रह (२०६४), पलाँता साहित्य गाथा (संयुक्त साहित्य गाथा –२०७५), माटाको आस्था (छन्द कविता सङ्ग्रह –२०७५), आहत हिपत (कविता सङ्ग्रह –२०७६), छन्दपान ( कविता सङ्ग्रह तथा छन्दको व्युत्पत्ति र सिकाइ –२०७७), सुन्दरहरैँचा दर्पण (सम्पा. –२०७८), बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरे स्मृतिग्रन्थ (सम्पा. –२०७९), किनारीकृत माइली (खण्डकाव्य –२०७९) र सुनको गाग्री (बालकथा सङ्ग्रह –२०८०) जस्ता कृति प्रकाशित भएका छन् ।

साथै उनका आधा दजैनजति कृति प्रकाशनको पर्खाइमा रहेका छन् । नेपाली साहित्यका निरन्तर रूपमा लागेका उनी मधुवन गोधूलिको साथी साहित्य संस्थाबाट वर्ष व्यक्ति सम्मान तथा पुरस्कार २०७६, नोबेल साकोस साहित्य सम्मान तथा नोबेल साहित्य पुरस्कार –२०७६, विराट साहित्य समाज (छन्द कवि सम्मान –२०७६), इटहरी काव्य पुरस्कार –२०७६, छन्द कवि विशेष सम्मान तथा पुरस्कार –२०७८, आधुनिक साहित्य परिषद् काठमाडौँद्वारा आख्यानकार विशेष सम्मान –२०७९, सुन्दरहरैँचा गजल महफिल (विशिष्ट प्रतिभा सम्मान तथा पुरस्कार –२०७९), भास्करका सन्तति घिमिरे समाज (कुलदीपक सम्मान –२०७९), नइ कीर्ति रत्न अलङ्कार पदकद्वारा विभूषित –२०८० आदि पुरस्कार तथा सम्मानबाट सम्मानित भएका उनी सुन्दरहरैँचा कलासाहित्य विकास समितिका अध्यक्षसमेत रहेका उनी विराट साहित्य समाज मोरङ, नोबेल साकोस काठमाडौँ, मधुवन गोधूलिको साथी साहित्य समूह, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल, सप्त वि साहित्य सञ्जाल काठमाडौँ, पञ्चाङ्ग साहित्य समाज काठमाडौँ आदि संस्थामा संलग्न रहेका छन् ।

सुन्दरहरैँचा राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सभापतित्व भानुसाझा पुस्तकालय, सुन्दहरैँचा, मोरङका अध्यक्ष पुरन याक्खा र सञ्चालन भने नझरेका फूलहरूका सञ्चालक केपी घिमिरेको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्