शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट महेन्द्र विष्ट सम्मानित


मोरङ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस चौतारी मोरङको ९ औँ जिल्ला अधिवेशनको अवसरमा शनिवार अरुण खबरका प्रधानसम्पादक विष्टलाई नगद रु.२१ हजारसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरेका हुन ।

प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहेका विष्टलाई प्रेस चौतारी मोरङले यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकारहरू यज्ञ शर्मा, लीलाराज भट्टराई, रमेशचन्द्र अधिकारी पुरस्कृत भइसकेका छन् ।

प्रेस चौतारी मोरङले वार्षिक रूपमा कोशी प्रदेश कार्यक्षेत्र भएका पत्रकारहरूलाई सम्मान गर्दै आएको छ । प्रेस चौतारीले हरेक वर्ष शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार सहित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्