पाँचथर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश–१ को तेस्रो महाधिवेशन सोमबार फिदिममा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न महाधिवेशनले विजयवोध लावतीको अध्यक्षमा १९ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित प्रदेश–१ कार्यसमितिको उपाध्यक्षमा खनेन्द्रकुमार राई (अर्जुन), महिला उपाध्यक्ष सुप्रिया राई, महासचिव लीलाबहादुर सुनुवार, सङ्गठन सचिव रामचन्द्र तामाङ, संस्थागत सचिव दिलबहादुर राई र कोषाध्यक्षमा सन्दीप याम्फू चयन भएका हुन् । सदस्यमा अरुणकुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका डुम्जन तामाङ, निशा राई, अमित तामाङ, जयराम पूर्वछाने मगर, श्रवण चौधरी, निश्चल राजभण्डारी र नेत्रकुमार सुनुवार रहेका छन् ।
लेखा समिति संयोजकमा प्रेम देवान, सदस्य अनिलदेव राई, अनुशासन समिति संयोजक ब्रह्मलाल हजारी र सदस्य अशोक गुरुङ चयन भएको निर्वाचन समिति संयोजक दिपिन राईले बताए ।