बेलबारीमा यलदोङ २०८५ मुन्दुमी सांस्कृतिक साँझ हुने : आयोजकद्वारा चुले निम्तो


बेलबारी । बेलबारीमा यलदोङ २०८५ मुन्दुमी सांस्कृतिक साँझ हुने भएको छ । किरात राई सांस्कृतिक कलाकार सङ्घ, जिल्ला मोरङको आयोजनामा र केन्द्रीय कार्यसमितिको संयोजनमा माघ २ गते बुधवार कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम बेलबारी नगरपालिका वडा नं.३ स्थित नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलबारीको सभाहलमा हुने किरात राई सांस्कृतिक कलाकार सङ्घ, जिल्ला मोरङका अध्यक्ष असीम राईले जनाएका छन् । अध्यक्ष असीम राईका अनुसार वरिष्ठ गायक जितेन राई, सांस्कृतिक अध्येयता शालिक राई, गायिका पार्वती राई, गायक भीषण मुकारुङ राई, राजु एन राई, नवीन राई, सुशीला राई, मेनुका राई, पदम थुलुङ राई, सुरज मेवाहाङ राई, डि.बि राई, निश्चल राई, संस्कृति कर्मी मुकेश राई, गायिका खुशेनिछो चाम्लिङ राई, जेनि खालिङ राई, अनुका राई आउने छन् ।

दिउसो २ बजे देखी मुन्दुमी प्रवचनबाट सुरु भएको कार्यक्रम साङ्गीतिक प्रस्तुतसँगै सम्पन्न हुने आयोजकले जनाएका छन् । अध्यक्ष असीम राईले मुन्दुमलाई बुझ्न कार्यक्रममा सबैलाई खुल्ला रूपमा निमन्त्रणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्