सुन्दरहरैँचा । इन्द्रपुर जेसिज, विराटचोकले जेसीआई कपडा बैङ्क सञ्चालन गर्ने भएको छ । इन्द्रपुर जेसीजको आयोजना तथा इन्द्रपुर जुनियर जेसीजको सह-आयोजनामा “हुनेले दिने, नहुनेले लिने” भन्ने मूल नाराका साथ जेसीआई कपडा बैङ्क पुष २९ गते देखी सञ्चालन गर्न लागेको हो ।
जेसीआई कपडा बैङ्कबारे आइतबार इन्द्रपुर जेसिज, विराटचोकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । जेसीआई कपडा बैङ्क स्थापना गरी कपडा वितरण गर्ने कार्य १२ गतेसम्म हुने इन्द्रपुर जेसिज का २०२५ का वर्षमान अध्यक्ष आकाश दुलालले जनाएका छन् । उनका अनुसार सुन्दरहरैँचा नगरपालिकाको प्रमुख बजार क्षेत्र विराटचोक स्थित वाकिङ स्ट्रिटमा कपडा वितरण कार्यक्रम गरिने छ ।
लगाउनु हुने कपडाहरू सफा गरेर, आइरन गरी उपलब्ध गाइदिन हुन पनि दुलालले आग्रह गरेका छन् । अति विपन्न परिवारलाई सहयोग पुराउने अपेक्षाले जेसीआई कपडा बैङ्क सञ्चालन गरेको दुलालले बताए ।
तर कपडा वितरण गर्दा पनि सामाजिक रूपमा खिज्याउने लाजको कारण जेसीआई कपडा बैङ्क सञ्चालनमा केही चुनौती रहेको निवर्तमान अध्यक्ष उत्सव थापा बताउँछन् । उनी भन्छन्, ‘सामाजिक रूपमा कसैले खिज्याउने डरले लाजले आर्थिक स्थिति अति निम्न भएका परिवारले पनि कपडा लग्ने मन हुँदा पनि नलगिरहेको अवस्था छ । तर कपडा भने हामी नयाँ र सफा लाउनु हुने नै वितरणको लागि राख्छौ ।’
इन्द्रपुर जेसिज, विराटचोकले सञ्चालन गर्न लागेको जेसीआई कपडा बैङ्कको उद्देश्य आफैमा पवित्र छ । यदि सामाजिक रूपमा खिज्याउने संस्कारलाई निरुत्साहित गर्ने हो भने जेसिजमा आबद्ध युवाहरू जो यस अभियानमा अग्रसर छन्, यस जाडोमा न्यानो दिलाउन सक्ने छन् भने विपन्न परिवारलाई कपडाको अभावबाट मुक्त गर्ने छन् ।