पथरीशनिश्चरे । नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) जिल्ला शाखा मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न फोनिज मोरङको ६ औँ अधिवेशनबाट सर्वसम्मत श्रेष्ठ निर्वाचित भएका हुन ।
यस अघि श्रेष्ठ पूर्व अध्यक्ष दिनेश लिम्बुको नेतृत्वमा दुई कार्यकाल सचिव रहेका थिए । उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा सङ्गीता राई, राजेश राजवंशी, कोषाध्यक्षमा सुरन्जन लिम्बु, सदस्यमा उषा सरदार, देवराज तामाङ, तृष्ना कुलुङ राई, सञ्जय राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् ।
लेखा संयोजकमा रामकुमारी राई, राजकुमारी तामाङ र युवराज लिम्बु रहेका छन् । निर्वाचन फोनिज सङ्घीय अनुशासन समितिका संयोजक अर्जुन जम्मेलीको अध्यक्षतामा सम्पन्न भएको हो । निर्वाचन मण्डलमा सदस्यमा भक्तसेर लिम्बु, सुजता लिम्बु, प्रेम देवान, अर्जुन कुलुङ राई, सन्तोष राई, फिपराज बेघा, सन्दीप राई, दिनेश लिम्बु रहेका थिए ।