काठमाडौँ । नेपालमा मङ्गलवार बिहानै शक्तिशाली भूकम्पको परकम्प महसुस गरिएको छ । बिहान करिब ६ः५० मिनेट भूकम्पको परकम्प महसुस गरिएको हो ।
दक्षिणी चीनको तिब्बतमा ७.१ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको अन्ताराष्ट्रिय समाचार माध्यममा उल्लेख छ । भूकम्पको महसुस नेपालमा पनि गरिएको छ । साथै भारत, भुटान र बङ्गलादेशसम्म कम्पन महसुस गरेको भूकम्पविद्हरूले बताएका छन् ।
मङ्गलवार तिब्बतको समय ९ः०५ र नेपाल समय बिहान ६ः५० मा भूकम्पको केन्द्रबिन्दु सिगात्से, तिब्बतबाट १७७ किलोमिटर दक्षिणपश्चिम वा काठमाडौँबाट २०१ किलोमिटर उत्तरपूर्वमा रहेको चिनियाँ सिमाना रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार प्रारम्भिक रेक्टर स्केल ७.१ रहेको छ । यसले निकै क्षति पुराएको हुन सक्ने अनुमान गरिएको छ ।
के कति क्षति भयो भन्ने विवरण आउन बाकी छ ।