बेलबारीकी लाटी कान्छी बाइक दुर्घटनामा परिन, एक युवक गम्भीर घाइते


मोरङ, ९ मङ्सिर / बेलबारीमा सडक दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् । आइतबार बिहान बाइक दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ५३ प ३९९७ नं.को बाइकसँग बाटो कट्दै गरेकी लाटी कान्छी नामकी एक महिला ठोक्कीदा विराटनगर ४ बस्ने २६ वर्षीय विशाल सिग्देल गम्भीर घाइते भएका छन् । बिहान ८ बजे बेलबारी १ स्थित तमु बुद्धिस्ट गुम्बा जाने बाटो तर्फ लोकमार्गमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा बाइक चालक, सवार एक महिला र लाटी कान्छी (बोलाउने नाम) घाइते भएका छन् । बेलबारी निवासी लाटी कान्छी र बाइक पछाडि बसेकी महिलाको सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ अस्पताल लागिएको थियो । लाटी कान्छीको वास्तविक नाम के हो भन्ने खुल्न नसकेको र बोल्न नसक्ने भएको हुँदा उनको आफन्तको बारेमा पनि थाहा पाउन नसकेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्