कानेपोखरी । लामो समय अन्योलमा रहेको कानेपोखरी गाउँपालिकाको केन्द्रको टुङ्गो लागेको छ । सङ्घीय मन्त्री परिषद्ले कानेपोखरी गाउँपालिकाको केन्द्र वडा नं.६ वयरवनलाई प्रतिवर्तन गरी वडा नं.५ भौँसाबारी कायम गर्ने निर्णय गरेको छ ।
सङ्घीय मन्त्री परिषद्को १७ गते बसेको बैठकले निर्णय गरेको गाउँपालिकाको अध्यक्ष राजमती इंनामले जनाएकी छिन । केन्द्रको टुङ्गो लागेसँगै सङ्घीय सरकारलाई गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि बजेट मागको प्रक्रियालाई चाडै अगाडी बढाउने इंनामले बताएकी छिन ।
गाउँपालिकाले पूर्व अध्यक्ष तारा बहादुर काफ्लेको नेतृत्वमा २०७७ सालमा नै वडा नं.५ मा १ बिघा जग्गा खरिद गरेको थियो । २०८० बैशाक १७ गते १३ औँ गाउँसभा अधिवेशनको तेस्रो बैठकबाट प्रशासकीय भवन निर्माण गर्न हालको केन्द्र रहेको स्थान वडा नं.६ बाट वडा नं.५ भौसावारीमा रहेको कित्ता नं.९९६१ र १४६७ को जग्गामा केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको थियो । स्थानान्तरणको निर्णय गर्न गाउँसभामा मतदान नै भएको थियो । उक्त मतदान प्रक्रियामा दुई तिहाइ बढी मतले निर्णय पारित भएको थियो ।