मोरङ । निजी तथा आवासीय विद्यालय सङ्गठन प्याबन मोरङको १६ औँ जिल्ला अधिवेशन अन्तर्गत आज (शुक्रवार) नेतृत्वका लागि निर्वाचन हुँदै छ । जिल्ला अध्यक्षका लागि बेलबारीका जगबहादुर बस्नेत र उर्लाबारीका सुरेन्द्र सुवेदी चुनावी मैदानमा रहेका छन् । सुवेदी यसअघि जिल्ला उपाध्यक्ष हुन भने बस्नेत सचिव हुन ।
दुवै जना अध्यक्षमा आकाङ्क्षी भए पनि समग्र जिल्लाका प्याबसन सदस्यहरूको मत भने बस्नेतलाई जाने देखिन्छ । दुवै जना नेतृत्वका लागि अब्बल भए पनि बस्नेतको सक्रियता र नेतृत्व क्षमताका कारण बस्नेतलाई रुचाउनेको सङ्ख्या बढी देखिन्छ ।
को हुन जगबहादुर बस्नेत ?
मोरङ प्याबसनमा ४ कार्यकाल सदस्य, २ कार्यकाल सह कोषाध्यक्ष,एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिव भएका बस्नेत बेलबारी नगरपालिका निवासी हुन । लामो समयदेखि शिक्षा र सहकारी क्षेत्रमा योगदान गरेका बस्नेतले बेलबारी नगरपालिकामा (क ) वर्गको विद्यालय समेत सञ्चालन गर्दै आएका छन् । उनी सोही विद्यालयका संस्थापक प्रिन्सिपल समेत हुन ।
बेलबारी नगरपालिकाको नगर शिक्षा समितिका सदस्य समेत रहेका बस्नेत बेलबारीमा बौद्धिक व्यक्तित्वका रूपमा परिचित रहेका छन् । उनी लामो समयदेखि शिक्षा क्षेत्रमा अनवरत क्रियाशील छन् । प्याबसनको विभिन्न तहमा रहँदा उनले खेलेको भूमिका जिल्लाभरका प्याबसन सदस्य विद्यालयहरूले भुलेका छैनन् ।
हरेक दृष्टिकोणले नेतृत्व गर्ने सक्ने क्षमता भएका बस्नेतको पल्ला भारी रहेको प्याबसनका सदस्यहरू बताउँछन् ।