भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपाल, मोरङको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा निशा सर्वसम्मत


तृष्ना राई – बेलबारी । भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपाल, मोरङको अध्यक्षमा निशा किरण राई निर्वाचित भएकी छिन । शनिवार बेलबारी नगरपालिका वडा नं.१ म अवस्थित नेकपा ऐमालेको पार्टी कार्यालय भवनमा भएको तेस्रो अधिवेशनद्वारा राई निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन ।

राईको नेतृत्व समितिमा उपाध्यक्षमा केशव मिश्र, सचिवमा राजेन्द्र कार्की, सहसचिवमा कृष्ण कार्की, डिल्ली ओझा, कोषाध्यक्ष सरस्वती रवां साथै सदस्यहरूमा लाल बहादुर गजमेर, कमलकुमारी राई, सरस्वती कुमारी नवाँ, अरुणकुमारी माझी, नूतन राजवंशी, डिल्ली ओझा, निशा किरण राई, रविलाल खत्री, विमला खड्का, कृष्ण दाहाल, चम्पा पाल, सूर्य नारायण यादव, कृष्ण बहादुर कार्की, तुलसी घिमिरे, सरस्वती वि.क, सुरेन्द्र काम्बाङ, केशव मिश्र, जसुदा कर्माकार, भुने कामी, राजेन्द्र कार्की, खड्ग श्रेष्ठ, मन्तीदेवी मण्डल, पूर्णप्रसाद ढकाल, कविता शाह रहेका छन् ।

कार्यक्रम भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका महासचिव इन्द्र तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । विशिष्ट अतिथि नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्की, उपाध्यक्ष शान्ति लिम्बु, सचिव रबिन थापा, लगायतको उपस्थिति रहेको थियो ।

फोटो – शिशिर राई

प्रतिक्रिया दिनुहोस्