श्रम विभागले श्रम स्वीकृति सहज बनाउने


काठमाडौँ , ८ मङ्सिर । श्रम स्वीकृतिका लागि कामादारहरु घन्टौँ श्रम विभागको कार्यालयमा बस्नु पर्ने झन्झट हट्ने भएको छ ।

मङ्सिर १५ गते बाट वैदेशिक रोजगार विभागले ई–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएका छन् । ई–टोकन भन्नाले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेस गरी आफ्नो पालो कहिले आउँछ भन्ने थाहा पाउने प्रणाली हो ।

यो प्रणाली लागु भएपछि कामदारले पायक पर्ने कार्यालयबाट श्रम स्वीकृति रोज्नु पाउने छन् । फाराम पेस भएपछि श्रम स्वीकृति भएको नभएको जानकारी मोबाइलमा सूचना आउने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । कामदारले फाराम भर्दा मोबाइल नम्बर सही छ कि छैन जाँच गर्न श्रम विभागले अनुरोध गरेको छ ।

विद्युतीय भुक्तानीको लागि पनि लामो समयदेखि विभागले प्राविधिक तयारी गरिरहेका र सूचना प्रविधिमार्फत सेवाग्राहीहरूलाई दिइने सेवा स्वचालित र कष्ट निवारक बनाइने भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्