बेलबारी । बेलबारी नगरपालिका वडा नं. १ निवासी खुलाल परिवारले बेलबारी वडा नं.३ मा रहेको बेलबारी बहुमुखी क्याम्पसलाई रु.२ लाख १ सय ५ आर्थिक सहयोग गरेको छ । उक्त रकम खुलाल परिवारले आइतबार क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तथा कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले हस्तान्तरण गरेका हुन ।
स्वर्गीय चन्द्र बहादुर खुलालको स्मृतिमा श्रीमती विमला खुलाल, छोरा विवेक खुलाल, छोरी चाहना खुलालद्वारा श्री भगवत् सप्ताह पूर्ण ज्ञान महायज्ञको समापनको अवसरमा उक्त रकम क्याम्पसलाई हस्तान्तरण भएको सांसद सुवेदीले जनाए । आर्थिक अभावमा कुनै विद्यार्थी पढाइबाट वञ्चित हुन नदिने उद्देश्यले खुलाल परिवारले आर्थिक सहयोग गरेकोमा सुवेदीले धन्यवाद प्रदान गरेका छन् ।