बेलबारीमा पशु उपचार घुम्ती शिविर कार्यक्रम सुरु


बेलबारी । बेलबारीमा पशु उपचार घुम्ती शिविर सुरु भएको छ । बेलबारी नगरपालिकाले विशेष गरी पशुमा देखीको बढ्दो बाझोपन न्यूनीकरण गर्न, उपचार घुम्ती सेवा मङ्गलवार देखी सुरु गरेको छ ।

बेलबारी नगरपालिकाका पशुपन्छी शाखाका प्रमुख बाबुराम बस्नेतका अनुसार ४ दिन सम्म १,२,३ र ४ नं. वडामा घुम्ती सेवा कार्यक्रम सञ्चालन हुने छ । पशुको बेलैमा रोग उपचार गर्न सके कृषकलाई सम्भावित नोक्सानीबाट जोगाउन सकिने बस्नेत बताउँछन् । यदि उपचार घुम्ती सेवाको क्रममा कहीँ छुटिए पशुपन्छी शाखामा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

कृषकहरू पशु उपचार घुम्ती शिविर कार्यक्रम सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्छन् । पशुमा देखिएको बढ्दो बाझोपनले कृषकलाई पिडा भइरहेको बेला नगरपालिकाले सञ्चालन गरेको पशु उपचार घुम्ती शिविर कार्यक्रमले कृषकहरूलाई धेरै राहत पुग्ने उत्साह कृषि फर्मका सञ्चालक उद्धव प्रसाद दङ्गाल बताउँछन् । उनले धन्यवाद व्यक्त गर्दै भावी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् ।

बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले ४ दिनको घुम्ती शिविर कार्यक्रममा कृषकहरूले पूर्ण सेवा लिन आग्रह गरेका छन् । कोही कहीँ जुटिएमा पनि पशुपन्छी शाखाबाट उपचार सेवा प्रदान हुने राईले बताएका छन् । भावी दिनमा आवश्यकता अनुसार पशु उपचार घुम्ती शिविर कार्यक्रमलाई निरन्तरता दिने पनि प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्