बेलबारीमा गम्भीर सडक दुर्घटना : कार र मोटरसाइकल ठोकिदा १ प्रहरी जवानको मृत्यु


बेलबारी । बेलबारीमा सडक दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु भएको छ । आइतबार साँझ करिब ७ बजे कारसँग एकआपसमा ठक्कर हुँदा मोटरसाइकल चालक प्रहरी जवान वर्ष ३२ का चित्रसागर राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ निवासी राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुई सवारी बेलबारी नगरपालिका वडा नं.८ चिसाङ पुलनजिक पूर्वपश्चिम राजमार्गमा दुर्घटनाग्रस्त भएको हो । पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुराइएको थियो । तर अस्पताल पुराउनेसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारसहित सुन्दरहरैँचा नगरपालिका वडा नं.९ का ३० वर्षीय महोमद दुलाल मियाँ कारचालक इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रण लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मियाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्