भ्यान र बस ठक्कर हुँदा भ्यान चालक बेलबारी ८ निवासी कृष्ण थापाको मृत्यु


बेलबारी । बेलबारीमा मङ्गलवार साँझ भ्यान र बस ठक्कर हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । भ्यान चालक बेलबारी नगरपालिका वडा नं.८ निवासी कृष्ण थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बेलबारी नगरपालिका वडा नं.३ मा रहेको किरात राई यायोक्खाको धार्मिक वनदेखि बेतना सिमसार जाने मध्य भागको पूर्व पश्चिम राजमार्गमा प्रदेश १–०२–००१ ज ४२७७ नं.को टाटा सुमो र ना.४ ख १४९० नं.को बस ठोकिएर थापा गम्भीर घाइते भएका थिए । थापालाई विराटनगरको न्युरो विराट अस्पताल उपचारको लागि पुराएको थियो । तर पुराए लगतै अस्पतालले जाँच गरेर मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व तर्फ जाँदै गरेको सुमो, पश्चिम तर्फ जाँदै गरेको बस ठोक्किएको हो । घटना स्थलबाट प्रहरी साथै स्थानीयको सहयोगमा थापालाई दुर्घटनाग्रस्त सुमोदेखी निकालेर उपचारको लागि अस्पताल पठाएका थिए । बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुवै सवारी साधन, सुमो र बस बेलबारी इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्