बाढी र पहिरोमा १७० जनाको मृत्यु


काठमाडौं । अविरल वर्षाको कारण असोज १० गतेदेखि आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार आइतबार राति ७ः ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्