४ करोड ३३ लाखमा सुन्दरहरैंचाको श्री पञ्चायत मा.वी.को आधुनिक शैक्षिक भवन बन्ने


सुन्दरहरैंचा । सुन्दरहरैंचाको श्री पञ्चायत मा.वी.को आधुनिक शैक्षिक भवन निर्माणको लागि रू.४ करोड ३३ लाखको त्रिपक्षीय सम्झौतामा भएको छ । सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईँको सचिवालयका अनुसार सुन्दरहरैंचा नगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासको त्रिपक्षीय सम्झौता भएको हो ।

उक्त विद्यालय सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा रहेको छ । नगर प्रमुखको सचिवालयका अनुसार आश्विन ११ गते सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख गुरागाईँ, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वि.व्य.स. अध्यक्ष श्री पोष्ट कुमार श्रेष्ठ र भारतीय दूतावासका प्रतिनिधि बिच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हस्ताक्षर भएको हो । यो योजना सम्झौता भएको मितिले १५ महिना भित्रमा सम्पन्न गरिसक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्