सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सरो : उद्घाटन कार्तिक २ मा


बेलबारी । आज शुक्रवार देखी हुन हुने भनिएको सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप – २०८१ को उद्घाटन समारोह कार्तिक २ मा हुने भएको छ । बेलबारी नगरपालिका वडा नं.११ स्थित लक्ष्मीमार्गको प्रस्तावित रङ्गशाला लक्ष्मीमार्ग खेल मैदान आज असोज ११ गते शुक्रबमरदेखी हुन गइरहेको गोल्डकपको उद्घाटन समारोह साथै खेल सरेर कार्तिक २ मा हुने भएको हो ।

अविरल वर्षाको कारण अवरोध हुने भएकोले केही दिन पछि सार्नु परेको एलएक्स सिटि फुटबल क्लबका अध्यक्ष विक्रम राईले जनाएका छन । राईका अनुसार गोल्डकपको मिति मात्र सरेको हो । अरु सबै पुर्वतयारी र योजना अनुसार नै कार्यक्रम सञ्चालन हुने छ । उद्घाटन खेल झापा ११ फुटबल क्लब, बिर्तामोड र भोजपुर फुटबल क्लब, भोजपुर बिच हुने छ ।

यस सातौँ संस्करणदेखि रनिङ्ग कप गोल्डकपमा २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित ट्रफी रहने छ ।  आयोजकका अनुसार उक्त ट्रफी बेलबारी ११, लक्ष्मीर्माग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन.बि. रुङ्गमाहाङ राईको स्र्मतिमा सौजन्य गरेका हुन् ।  उक्त रनिङ कप ट्रफी लगातार तिन पटकको विजेता टोलीले प्राप्त गर्ने  छ ।

गोल्डकपको विजेता टिमले नगद पुरस्कार रु. ८ लाख र उप-विजेताले रु. ४ लाख प्राप्त गर्ने आयोजकले जनाएका छन् । आयोजकका अनुसार छैटौँ संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गरेकोमा यस पटकको प्रतियोगितामा आयोजक एल एक्स सिटी फुटबल क्लब सहित झापा ११ फुटबल क्लब बिर्तामोड, भोजपुर फुटबल क्लब भोजपुर, सलहेस फुटबल क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, चित्लाङ्ग फुटबल क्लब काठमाडौँ, ब्रिगेड बोइज काठमाडौँ, दलसिंहपारा स्पोर्टस एकेडेमी जय गाउँ वेस्ट बेन्गाल, बुटवल लुम्बिनी फुटबल क्लब बुटवल र नेपाल पुलिस क्लब फुटबल क्लब काठमाडौँ गरी १० टिम बिच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्