प्रकाश राईको शव शनिवार पथरीशनिश्चरे ल्याइने


मोरङ । ‘पाँचौँ मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता’ मा स्वर्ण पदक विजेता मोरङको पथरीशनिश्चरे निवासी प्रकाश राईको निधनले सिङ्गो नेपालका शारीरिक सुगठन खेलाडीहरूलाई स्तब्ध बनाएको छ । राईको शव शनिवार काठमाडौँ देखी पथरीशनिश्चरे नगरपालिका वडा नं.१ उनको घर ल्याइँदै छ ।

प्रकाश राईको मित्र हिमाल गुरुङका अनुसार अहिले उनलाई काठमाडौं ग्रान्डी अस्पतालमा राखिएको छ । राईको निधन बुधवार हृदयाघातको कारण भएको हो । बुधवार बिहान स्वास्थ्यमा एकासी समस्या देखिएपछि तत्काल ग्रान्डी अस्पताल लगिएको थियो । तर उपचारको क्रममा उनको निधन भएको हो ।

राईको निधन ‘पाँचौँ मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता’ स्वर्ण पदक जितेको ५ दिन पछि भएको हो । उनी ६ वर्ष अघि पोखरामा भएको थड्र बुल्स मेन हेब्बी वेट च्याम्पियनसिप स्वर्ण पदक, र ओभरअलमा फस्ट रनर अप भएका थिए ।

राईका टिम मेनेजर मनोज सुवेदीका अनुसार ‘पाँचौँ मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता’ मा ७५ केजी तौलभन्दा माथि समूहमा स्वर्ण पदक जितेसँगै प्रकाश राई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको तयारीमा थिए । तर राईको त्यो सपना अधुरो नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्