महरालाई थुनामा पठाउने प्रमाण माग्यो उच्चले जिल्ला अदालसंग


काठमाडौँ, ७ मङ्सिर । संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुको कारणबारे उच्च अदालत, पाटनले काठमाडौँ जिल्ला अदालतको प्रतिवेदन माग गरेका छन् ।

उच्च अदालतमा महराले बिहीबार आदेश विरुद्ध पुनरावेदन दिएका थिए । उच्चले जिल्ला आदलतसंग घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरूको बयान र तत्काल प्राप्त प्रमाणका आधारहरूको माग गरेका छन् ।

जिल्ला का न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्