बेलबारी सेमिफाइनलमा : प्रथम बेतना कप फुटबल प्रतियोगिता (फोटो फिचर)


तृष्ना कुलुङ्ग राई – बेलबारी । प्रथम बेतना कप फुटबल प्रतियोगिताको तेस्रो दिन बेलबारी फुटबल क्लबले शान्तिनगर फुटबल क्लबलाई पराजित गरेको छ । बेलबारी वडा नं. ४ स्थित बेतना खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन बेलबारीले ४–२ गोलको अन्तरले शान्तिनगरलाई पराजित गरेको हो ।

शान्तिनगरका खेलाडी जर्सी नं. ११ का नितेश लिम्बुले खेलको ६ मिनेटमै गोल गर्न सफल भएका थिए । उनले गोल गरे पछि १२ मिनेटको अन्तरमा बेलबारीका खेलाडी जर्सी नं. ४ का अशोक खवासले आफ्नो टिमको लागि गोल गर्दै बराबरीमा पुराएका थिए ।

खेलको २४ मिनेटमा बेलबारीका खेलाडी जर्सी नं.११ का डेभिड मगरले गोल गरी टिमलाई अग्रता दिलाएका थिए तर १५ मिनेटको अन्तरमा शान्तिनगरका खेलाडी जर्सी नं. १० का सुसन तामाङले गोल गरेर खेल पुनः बराबरी पुगेको थियो । त्यस पछिको खेल झन् आक्रामक देखिएको थियो ।

दोस्रो हाफमा बेलबारीका खेलाडी जर्सी नं.३ का पदम भट्टराई र जर्सी नं. १७ का शिशिर लेखीले गोल गरेर टिमलाई सेमिफाइनलको यात्रा सुनिश्चित गराएको छ । खेलको मेन अफ द म्याच बेलबारीका खेलाडी जर्सी नं.४ का अशोक खवास घोषित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी न.पा. वडा नं. ४ का वडाध्यक्ष चन्द्र बहादुर लिम्बुले नगद पुरस्कार रु.२ हजार ५ सय प्रदान गरेका छन् । आयोजकका अनुसार बुधवार बेतना युनाइटेड फुटबल क्लब र चकरघट्टी फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

फोटो – सिसिर राई/अभिजित तामाङ

प्रतिक्रिया दिनुहोस्