एचआइभी सङ्क्रमितको वृद्धि तर एआरटी औषधी खानु किन खान मान्दैनन्


डोटी, ७ मङ्सिर । डोटीका अधिकासा मानिसहरु गरिबीको कारण छिमेकी राष्ट्र भारतमा रोजगारको सिलसिलामा जान्छन् । नेपाल आउँदा विभिन्न रोगको सङ्क्रमित भएर आउँछन् त्यस रोग मध्य असुरक्षित यौन सम्पर्कबाट एचआइभी जस्ता सङ्क्रमण भित्रिन्छन् भने एचआइभी सङ्क्रमितहरूले गाउँ घरमा यौन सम्पर्कले वृद्धि भइरहेको छ ।

सङ्क्रमित भएका मानिसहरु समाजको डरले उपचारकोलागि जादैंन भने थाहा भएकाहरुपनि औषधी खानु मादैनन् । जिल्ला भरि रहेका एचआइभी सङ्क्रमितहरू जम्मा ७६४ जनाले एआरटी औषधी खाई रहेको मध्य २३ जना सम्र्पुक विहीन रहेका छन् भने १५१ को मुत्य भई सकेका छन् ६० जना लाई ज्ल्लिा बाहिर सिफारिस गरिएको छ ।

सङक्रमितबाट जन्मिएका बालबालिकाहरू पनि एचआइभी सङ्क्रमितनै देखिएकोले सङक्रयाहरूको तथ्याङ्क बढेको देखिएको छ । पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक वि .स २०६३ देखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् ।

आफू निको भइसकेकाले सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् । एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरूले सङ्क्रमण गर्न थालेको छ । सङ्क्रमित कमला मल्लले भनिन् ‘एक सङ्क्रमित महिलाले २४ महिनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।’ औषधि सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु हुने कमलाको दाबी छ ।

विसं २०६२ सालबाट एचआइभी सङ्क्रमित भएको भन्दै खुलेकी कमला मल्लले भनिन्‘कयौँ सङक्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएकोले पनि औषधि सेवन गर्दैनन् ।’

जिल्ला अस्पताल डोटीका डा. गिरीश अवस्थाले भने, ‘लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने एचआइभी सङ्क्रमितमा मानसिकता रहेको पाइयो, त्यसैले औषधी खान्न चाहादैना तर त्यसतो होइन नियमित सेवन गर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्