दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिताको उपाधि बेलचौरीलाई


तृष्ना कुलुङ्ग राई – बेलबारी । दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि बेलचौरी फुटबल क्लबले चुमेको छ । बेलबारी वडा नं. १ स्थित सिसौली मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बेलचौरीले टाइबे्रकरमा लेटाङलाई पराजित गरेको हो ।

लेटाङका खेलाडी जर्सी नं.१० का नीरज परियारले ४ मिनेटमै गोल गरेका थिए । परियारले गोल गरेको २४ मिनेटको अन्तरमा बेलचौरीका खेलाडी जर्सी नं ६ का राजिन धामीले गोल गरी खेल बराबरीमा पु¥याए । खेलको निर्धारित समयमा दुवै टिमबाट थप गोल नभएपछि टाईबे्रकर भएको थियो ।

टाईबे्रकरमा लेटाङका खेलाडी जर्सी नं.१० का नीरज परियार, जर्सी नं.८ का सन्डी थाडा, जर्सी नं.३ का सुमन मगर, जर्सी नं. ११ का मनि राईले गोल गर्न सफल भए भने जर्सी नं. ६ का सौलेन तामाङको प्रहार असफल भएको थियो । बेलचौरीका खेलाडी जर्सी नं. ५ का नीरज मगर, जर्सी नं. ९ का रोहन गुरुङ, जर्सी नं. का २ रोहित बुढाथोकी, जर्सी नं. १६ का समीर गुरुङ, जर्सी नं. १२ का रुपेश परियारले गोल गर्न सफल भएका थिए । लेटाङले एक गोल मिस गरेसँगै बेलचौरीले जित हात पार्न सफल भएको छ ।

विजेता टिम बेलचौरीले ट्रफी, मेडल, प्रमाण पत्रसहित नगद पुरस्कार रु. ५१ हजार र उपबिजाते टिम लेटाङले ट्रफी, मेडल, प्रमाण पत्रसहित रु. ३१ हजार प्राप्त गरेका छन् । विजेता र उपबिजाते टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई र विशिष्ट अतिथि तथा उपप्रमुख नितु थापा कोइरालाले पुरस्कार वितरण गरे ।
खेलको मेन अफ द म्याच लेटाङका खेलाडी सुमन मगर घोषित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख राईले नगद पुरस्कार रु. १ हजार ५ सय सहित ट्रफी प्रदान गरेका छन् ।

साथै प्रतियोगिताको मेन अफ द सिरिज बेलचौरीका खेलाडी रोहन गुरुङ घोषित भएका छन् । उनलाई सिल्ड सहित नगद पुरस्कार रु.३ हजार ५ सय प्रदान गरिएको छ । वेस्ट डिफेन्डर बेलचौरीका खेलाडी रुपेश शंकर घोषित भए । उनलाई सिल्ड सहित नगद पुरस्कार रु.२ हजार प्रदान गरिएको छ ।

वेस्ट मीड फिल्डर बेलचौरीका खेलाडी समीर गुरुङ घोषित भएका छन् । उनले मेडल, ट्रफी सहित नगद पुरस्कार रु. २ प्राप्त गरेका छन् । वेस्ट गोलकिपर बेलचौरीका खेलाडी अजय परियार घोषित भए । उनलाई नगद पुरस्कार रु. २ हजार र मेडल प्रदान गरिएको छ । र हाई स्कोरर लेटाङका खेलाडी नीरज परियारलाई मेडल सहित नगद पुरस्कार रु.२ हजार प्रदान गरिएको छ ।

फोटो – अभिजित तामाङ

प्रतिक्रिया दिनुहोस्