घुस सहित मालपोत प्रमुख पक्राउ


काठमाडौँ, ६ मङ्सिर ।  सेवाग्राहीबाट घुस लिँदै गर्दा शुक्रवार जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ सहित अख्तियारले पक्राउ गरेको छ ।

सुकुम्वासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण मागे पछि मालपोत कार्यालयका प्रमुखले कागजपत्र दिए मार्फत पीडितलाई रकम माग गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्