केराबारीलाई हराउँदै इटहरी सेमिफाइनलमा प्रवेश : खेलको मेन अफ द म्याच विवेक गुरुङ (फोटो फिचर)


तृस्ना कुलुङ राई – बेलबारी । दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिताको चौथो दिन इटहरी फुटबल क्लबले केराबारी फुटबल क्लबलाई पराजित गरेको छ । बेलबारी वडा नंं. १ स्थित सिसौली खेल मैदानमा जारी दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिताको चौथो दिन इटहरी फुटबल क्लबले ३–० गोल अन्तरले केराबारी फुटबल क्लबलाई पराजित गरेको हो ।

दुवै टिमको खेल एकदमै रोमाञ्चक रहेको थियो । यो खेल दौरान इटहरी र केराबारीका खेलाडी बिच पटक पटक तनावको स्थिति सिर्जना भएको थियो । पहिलो हाफको अन्तिम २ मिनेटमा इटहरी फुटबल क्लबका खेलाडी जर्सी नं. ८ निश्चल मोक्तानले आफ्नो टिमको लागि गोल गरेका थिए । दोस्रो हाफमा खेलाडी जर्सी नं. ११ जीवन राई र खेलाडी जर्सी नं. १० समीर राईले पनि गोल गरेका थिए भने केराबारीको पटक पटकको प्रहार असफल भएको थियो । त्यही अग्रतामा इटहरीले केराबारीलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

खेलको मेन अफ द म्याच इटहरी फुटबल क्लबका खेलाडी जर्सी नं. ६ विवेक गुरुङ घोषित भएका छन् । उनलाई ट्रफी सहित नगद पुरस्कार रु.१ हजार ५ सय प्रदान गरिएको छ । भोलि बेलचौरी फुटबल क्लब र जदहा फुटबल क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

फोटो – अभिजित तामाङ

(इटहरी फुटबल क्लब)

(केराबारी फुटबल क्लब)

प्रतिक्रिया दिनुहोस्