तृस्ना कुलुङ राई – बेलबारी। दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिन टाईब्रेकरमा जहदा फुटबल क्लबले सुन्दर र्खोसाने क्लबलाई पराजित गरेको छ । बेलबारी वडा नं.१ स्थित सिसौली खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन जहदा फुटबल क्लबले ट्राईब्रेकरमा ४–३ गोल अन्तरले सुन्दर र्खोसाने क्लबलाई पराजित गरेको हो ।
(जहदा फुटबल टिम)
सुरु देखिनै दुवै टिमको खेल आक्रामक रहेको थियो । निर्धारित समयमा दुई टिमबाट कुनै पनि गोल नभएपछि टाईब्रेकरको माध्यमबाट खेलको निर्णय भएको हो । जहदाको तर्फबाट खेलाडी जर्सी नं. ७ अर्बिन राई, खेलाडी जर्सी नं. ४ अभिषेक तामाङ, खेलाडी जर्सी नं. ९ अङ्कित लिम्बु, खेलाडी जर्सी नं. १९ सञ्जय लिम्बुले गोल गर्न सफल भए भने खेलाडी जर्सी नं. १० सौरे राउतको प्रहार असफल भएको थियो ।
(सुन्दर खोर्साने फुटबल टिम)
सुन्दर खोर्सानेको तर्फबाट खेलाडी जर्सी नं. ८ दोर्जे तामाङ, खेलाडी जर्सी नं. ५ विशाल भण्डारी, खेलाडी जर्सी नं. १७ असीम राईले गोल गर्न सफल भए भने खेलाडी जर्सी नं. ३ आमोस लिम्बु, खेलाडी जर्सी नं. १९ योजन कार्कीको प्रहार असफल भएको थियो । सुन्दर खोर्सानेले दुई गोल मिस गरेसँगै जहदाले सेमिफाइनलमा आफ्नो ठाउँ बनाउन सफल भएको छ ।
खेलको मेन अफ द म्याच जहदा फुटबल क्लबका खेलाडी अङ्कित लिम्बु घोषित भएका छन् । उनलाई सिसौली यूथ क्लबका उपाध्यक्ष शम्भु श्रेष्ठले ट्रफीसहित नगद पुरस्कार रु.१ हजार ५ सय प्रदान गरेका छन् । आयोजकका अनुसार मङ्गलवार केराबारी फुटबल क्लब र इटहरी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
फोटो – रोहन कुलुङ राई