सचिव नहुदा स्थानीबासीहरुलाई सास्ती


म्याग्दी, ६ मंसिर ।  गाँउ गाँउमा स्थानीय सरकार भएता पनि म्याग्दी जिल्लाका अधिकांश वडाहरुमा सचिव नहुदा स्थानीयबासीहरुले सास्ती पाएका छन ।
कार्यालयमा सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह, योजना कार्यान्वयन र बजेट विनियजनको कामहरुमा स्थानीयवासीले समयमै सेवा पाएको छैन ।

म्याग्दी जिल्लामा ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । बेनी नगरपालिका बाहेक धवलागिरि र मङ्गला गाउँपालिकामा १/१, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा २/२ जना सचिव रहेका छन भने मालिका गाउँपालिका भने सचिव बिहिन छ । अधिकशं वडा सचिवहरु समायोजनपछि घर नजिक सरुवा भएपछि काम कारवाही प्रभावकारी हुनु नसकेको एक कर्मचारीले बताए ।

मालिका गाउँपालिकाका प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले भने सचिव नभएपछि प्राविधिक सहायक र स्वास्थ्यचौकीका अनमीलाई वडा पञ्जाधिकारीको समेत जिम्मेवारी दिएको छु ।

सेवाग्राहीहरुले समयमा गुणस्तरीय सेवा पाउन नसकेको भन्दै गाउँमा सिंहदरबार आएको अनुभूति नपाएको गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस्