सत्य तथ्यको आधारमा मात्र समाचार लेख्न वडाध्यक्षको आग्रह


कानेपोखरी, ५  मङ्सिर। मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ का अध्यक्ष खड्ग बस्नेतले सत्य, तथ्यको आधारमा मात्र समाचार लेख्न आग्रह गर्दै भ्रामक समाचार नलेख्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।

बिहीबार वडाध्यक्ष बस्नेतले विज्ञप्ति जारी गर्दै कसैले बोली दिएको आधार मानेर हत्या जस्तो गम्भीर विषयमा पुष्टि नहुने र अर्काको चरित्र हत्या हुने खालको समाचार नलेख्न आग्रह गरेको हो । पुष्टि नहुने समाचार लेख्ने र प्रकाशन गर्ने मिडियालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने वडाध्यक्ष बस्नेतले बताए । गत असार २४ गते कानेपोखरी–६ को ४३ वर्षीय मोहनसिंह थापा आफ्नै घरमा पासो लागेर आत्महत्या गरेका थिए ।

चार महिना अघि मृत्यु भएको थापालाई राष्ट्रिय युवा सघंको मोरङ जिल्ला अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानेपोखरी गाउँ सङ्गठन कमिटीका सदस्य समेत रहेका नवीन पौडेललाई यस्तो दुराग्राही भ्रमित र अत्यन्तै निन्दनीय आरोप लगाएर केही अनलाइनहरूमा प्रकाशन गर्नु दुःखदायी रहेको बताएका छन् ।

समाचार पुष्टि गर्न चुनौती दिँदै राजनीतिक र सामाजिक लोकप्रियताप्रति दुराग्रह, प्रतिशोधले कसैको प्रायोजनमा समाचार नलेख्न विज्ञप्ति मार्फत धारणा राखेका छन् । प्रकाशित समाचार झुटा, काल्पनिक भएको भन्दै भर्त्सना सहित खण्डन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सोही विषयमा नवीन पौडेलले भने “सामाजिक राजनीति व्यक्तिको मोटरसाइकलमा बसेको विषयमा चरित्र हत्याको प्रयास हुन्छ भने मेरो विरुद्ध समाचार लेख्ने मित्रको सासू र पत्नीलाई पनि काम पर्दा धेरै पटक बोकेको छु के त्यो पनि नैतिकतासँग जोड्ने हो ?।’

२५ लाख ऋण नतिर्न आमाजू दिदी मुनाले आरोप लगाए पत्रकार सम्मेलनमा उपस्थित मृतककी पत्नी मन्दिरा थापाले आमाजू दिदी मुना थापाले २५ लाख पैसा चलाएको र त्यो पैसा नतिर्न विभिन्न आरोप लाउने गरेको बताए ।

काठमाडौँ बस्ने आमाजू मुनाले पटक पटक धन सम्पत्ति र को को सँग हिँड्न थालेको भन्दै टर्चर दिने गरेको बताए । सो विषयमा कुरा गर्न फोन गर्दा मुनासँग सम्पर्क हुन सकेन । पत्रकार सम्मेलनमा उपस्थित मृतकको जेठा दाजु नरेन्द्र थापा र उनका छोरा डिल्ली थापाले प्रहरीलाई दिएको निवेदनमा नवीन पौडेलको नाम नलेखिएको बताए ।

मृतक मोहनसिंह थापा वैदेशिक रोजगारीमा १० वर्ष कुवेत बसेर ०७५ फागुनमा घर आएका थिए । सँगै बिदेसिएका पत्नी मन्दीरा थापा पनि पतिसँगै तीन वर्ष विदेश बसेर नेपाल आएको उनले बताए । विदेशबाट पतिले पैसा आमाजू मुनालाई जग्गा किनिदिनु भनेर पटक पटक रकम पठाएको बताए ।

पतिको मृत्यु पछि सो रकमको विषयमा कुरा उठ्छ भनेर कहिले चरित्र र कहिले धन सम्पत्तिको विषय लिएर आफूलाई टर्चर हुने गरेको मन्दिराको भनाई छ । उता यस अघि पत्रकार सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी कानेपोखरी गाउँ सङ्गठन कमिटी, कानेपोखरी व्यापार सघं, रमाइलो युवा परिवार र लायन्स क्लब अफ कानेपोखरीले पनि संयुक्त विज्ञप्ति प्रकाशन गरी झुटा समाचारप्रति भर्त्सना गरेको थियो ।

संयुक्त विज्ञप्तिमा भनिएको छ “मंगलबारे अस्पतालको डा. रितेशकुमार कर्णले जारी गरेको मृतकको पोस्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानले आत्महत्या भएको प्रमाणित गरेको अवस्थामा राजनीति प्रतिशोधको आधारमा समाचार बनाइनु हुँदैन ।“ विज्ञप्तिमा व्यापार सघंको अध्यक्ष डिल्ली प्रसाद फुयल लगाएको हस्ताक्षर विज्ञप्तिमा थियो ।

प्रतिक्रिया दिनुहोस्