काठमाडौँ । आश्मा कुमारी केसीले मिस नेपाल वर्ल्ड–२०२४ को उपाधि जितेकी छन् । आज (शनिवार) काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।
अन्य विधाहरूमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारेका छन् ।