धरानमा समाजवादी पार्टीलाई जिताउनु गोर्खा भूपूहरुको साथ


धरान, ५ मङ्सिर । मङ्सिर १४ गते उपनिर्वाचनको मिति आउँदै गर्दा धरान उपमहानगरपालिकामा गोर्खा भूपूहरुले समाजवादी पार्टी का मेयरका उम्मेदवार गजेन्द्र इस्बोलाई साथ दिने भएको छ ।

धरानको वार्ड न. ८ मा गोर्खा,भारतीय र नेपाली भूपू सैनिकहरूले सयुत्त रूपमा गरेको कार्यक्रममा उम्मेदवार इस्बोलाई जिताउने एक बद्धता जनाएको छ । कार्यक्रममा बोल्दै इस्बोले भने दोस्रो जनआन्दोलनमा भुपुहरुको महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पहिचानवादीहरू एक हुनुको विकल्प नरहेको बताए ।

गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिद्वारा धरान स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा बोल्दै गोर्खा सैनिकहरूको राजनैतिक चेतनाको विकास गर्ने क्रममा आफूले पनि आगामी उपनिर्वाचनमा उम्मेदवारी दिएको कुरा बताउँदै अस्तित्व र पहिचानवादी हरूको पक्षमा आफ्नो उम्मेदवारी रहेको जिकिर गर्दै पहिचानवादीलाई जिताउन जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्