बङ्गलादेशमा विद्यार्थीको आन्दोलनमा १७४ जनाको मृत्यु : २५ सय गिरफ्तार


बेलबारी । बङ्गलादेशमा विद्यार्थीहरूको प्रदर्शन चरम उत्कर्षमा पुगेको छ । सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणाली विरुद्ध प्रदर्शनमा १७४ जनाको मृत्यु भइसकेको छ । न्युज एजेन्सी ए.एफ.पीका अनुसार दुई हजार पाच सय गिरफ्तार भइसकेका छन् ।

प्रदर्शनको क्रममा झडपमा परि विद्यार्थी साथै प्रहरीको पनि मृत्यु भएको छ । यस आन्दोलनले सिङ्गो देशलाई नै प्रभावित बनाएको छ । विद्यार्थी आन्दोलनलाई कडाइपूर्वक दबाउन गरिएको प्रधानमन्त्री शेख हसिनाको कार्यलाई अहिले आलोचित रूपमा हेरिएको छ । प्रधानमन्त्री हसिना तानासाहको रूपमा आलोचित भइरहेकी छिन ।

विरोध प्रदर्शनपछि बङ्गलादेश सरकारले कर्फ्यु लगाएको छ । मुलुकभर कर्फ्युको कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । प्रमुख प्रदर्शन प्रभावित ठाउँहरूमा सैनिकहरू तैनाथ छन् । झन् राजधानी ढाकामा बङ्करसहित ठुलो संख्यामा सैनिक तैनाथ गरिएको छ ।

सन् १९७१ मा पाकिस्तानविरुद्ध मुक्तियुद्ध लडेका सैनिकका छोराछोरीहरूलाई आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै गत साताबाट विश्वविद्यालयका विद्यार्थीहरूले सुरु गरेको विरोध प्रदर्शनीले विश्वको ध्यान केन्द्रित गरेको छ । सोमबार, मङ्गलवार साँझ देखी भने प्रदर्शनकारीले ४८ घण्टाको लागि आन्दोलन स्थगित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्