उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत डा. यादव कोठामा मृत भेटिए


मोरङ । मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिएका छन् । बिहीबार बिहान उनी कोठामा अचेत अवस्थामा भेटिएका थिए । यादव  अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका थिए ।

३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फुटाएर ८ः ४० बजे अरनिको अस्पताल पुर्‍ याउँदा  डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । शव पोस्टमार्टमका  लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ । डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।

प्रतिक्रिया दिनुहोस्