औषधी व्यवसायी सङ्घ मोरङको अध्यक्षमा हरि मोहनको उम्मेदवारी


विराटनगर, ५ मंसिर / नेपाल औषधि व्यवसायी सङ्घ प्रथम मोरङ जिल्ला अधिवेशनमा अध्यक्षमा वर्तमान कोसी शाखाका महासचिव हरि मोहन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मङ्सिर २० गते शुक्रवार विराटनगर स्थित वीरेन्द्र सभा गृहमा हुने सङ्घको निर्वाचनको लागि श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । मुलुक सङ्घीय संरचनामा गएसँगै औषधी व्यवसायी सङ्घले पनि त्यही अनुसारको तयारी गरेर प्रथम पटक जिल्लाहरूको अधिवेशन गर्न लागेको हो ।

यस्तो छ हरि मोहन श्रेष्ठको सङ्घमा आबद्ध

२०४४ सालदेखि विराटनगरको ट्राफिक चौकस्थित ‘संगीता मेडिको’ बाट सञ्चालनमा ल्याए ल्याएर औषधि व्यवसायमा पाइला हालेका श्रेष्ठ सफल व्यवसायी हुन् । आफ्ना दाजुहरू राम मोहन श्रेष्ठ र सुरेश कुमार श्रेष्ठले २०३१ सालमा खोलेको संगीता मेडिको बाट नाम परिवर्तन गरी हाल ‘सौगात मेडिको र प्यासिफिक फर्मा ट्रर्डस सञ्चालन गर्दै आएका छन् ।

०५१ सालमा पहिलो पटक नेपाल औषधि व्यवसायी सङ्घ कोसी शाखाको कार्यसमिति सदस्य पदमा चुनिएर त्यसपछि लगातार सो सङ्घमा विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । विगत ३२ वर्षदेखि औषधी व्यवसायी क्षेत्रमा लागि परेका श्रेष्ठ सङ्घमा रहँदा औषधी व्यवसायीहरूको हकहितदेखि सङ्घको लागि महत्त्वपूर्ण योगदान पु-याएका छन् ।

अध्यक्षको उम्मेदवारी घोषणा गरेका श्रेष्ठले २०७० सालदेखि हालसम्म महासचिव भई कुशलता पूर्वक जिम्मेवारी बहन गर्दै आएका छन् । श्रेष्ठ २०५१ सालमा नेतृत्वमा आएपछि विराटनगर स्थित रहेको नेपाल औषधि व्यवसायी सङ्घको जग्गा खरिद देखि भवन निमार्ण गर्नमा उल्लेखिनिय भूमिका निभार्ह गरेका थिए ।

सङ्घको भवन निमार्णमा उनले देखाएको सक्रियता र खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै २०५४ सालको अधिवेशनबाट अत्यधिक मत प्राप्त गरी सङ्घको कोषाध्यक्ष निर्वाचित भएका थिए । पाएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न सक्ने क्षमता भएको श्रेष्ठ त्यसपछि यता पनि निरन्तर सघंको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । सरल स्वभाव र औषधी व्यवसायीहरूको हक हितमा सधैभरी लागि परेका कारणले दुई कार्यकाल अत्यधिक मत प्राप्त गरी महासचिवमा निर्वाचित भए । उनी पहिलो पटक २०७० सालको अधिवेशनबाट महासचिवमा निर्वाचित भए ।

यस्ता छन् उनको योगदान

विगतका दिनहरूमा फार्मेसी पढेका वा ‘ओरिएनटेसन’ तालिम गरेकाले मात्र औषधी पसल खोल्न पाउने नियम औषधी व्यवस्था विभागले लागू गरेको थियो । त्यस बेलामा धेरै औषधी व्यवसायीहरूले सञ्चालन गरेको पसल अरूको नाममा रहेको थियो । जसले गर्दा लगानी जोखिममा परेको थियो ।

राजस्व पनि अरूको नाममा नामबाट तिर्नुपर्ने समस्या थियो । यी समस्याको अन्त्य गर्दै नेपाली नागरिक भएका जोसुकैले पनि आफू सञ्चालक भई फार्मेसी पढेका वा ओरियनटेसन तालिम लिएका व्यक्तिलाई राखेर औषधी व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था ल्याएका थिए ।

महासचिव हुँदा श्रेष्ठले नेपाली नागरिक भएका जोसुकैले पनि फार्मेसी खुल्न पाउने नियम लागू गराउन सफल भए । जब श्रेष्ठ नेतृत्वमा पुगे उनले आफूले उठाएको एजेन्डालाई स्थापित गराउन सफल भएको उनको कथन छ । त्यस बेलाका तत्कालीन सङ्घको अध्यक्ष लक्ष्मण माझी चौधरी थिए । नेपाली नागरिक भएका जोसुकैले पनि फार्मेसी खुल्न पाउने नियम लागू गराउन तत्कालीन अध्यक्ष चौधरी र वर्तमान महासचिव श्रेष्ठको पहलमा भयो ।

२०७४ सालको अधिवेशनबाट पुन : दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि अध्यक्ष कुमार खतिवडाको नेतृत्वमा थप संघलाई व्यवस्थित बनाएका छन् । उनीहरूको कार्यकालमा सघंलाई प्रविधिमैत्री बनाएर औषधी व्यवस्था विभाग विराटनगर शाखामा ‘हेल्प डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

औषधी व्यवस्था विभाग विराटनगर शाखाको कार्यक्षेत्रमा पर्ने कोसी, मेची र सगरमाथा अञ्चलका औषधी व्यवसायीहरूलाई नवीकरण देखि नयाँ पसल दर्ता गराउन सहज पहुँच पु-याउने उद्देश्यले उक्त हेल्प डेक्स स्थापना गरिएको हो । अहिले पनि यो सेवा जारी छ । यसका अलावा कोसी अञ्चल शाखाको मुख्य सहर धरान, इटहरी, इनरुवा, विराटचौक र उर्लाबारीमा बजारमा व्यवस्थापन इकाई समिति खडा गरी संघलाई सक्रिय बनाइरहेको छ । उक्त इकाईले त्यहाँ रहेका औषधी व्यवसायीहरूमा परेको समस्या तत्काल हल र व्यवसायीको एकता कायम गरिँदै आएको छ । ०७४ सालको कार्यकालमा सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरूले उल्लेखिनिय सहयोग पु-याउँदै आएका छन् ।

तीन दशक भन्दा बढीदेखि औषधी व्यवसायी सङ्घमा आबद्ध भएर व्यवसायीहरूको हक हित देखि हरेक क्षेत्रमा लागि परेको कारणले आफूले नेपाल औषधी व्यवसायी सङ्घ मोरङको अध्यक्षको उम्मेदवारी घोषणा गरेको उनले बताए ।

‘वर्षौँदेखि आफू औषधी व्यवसायी सङ्घमा आबद्ध भएर मैले खेलेको भूमिका सबैलाई थाहा छ,’ उनले भने, ‘सक्षम, योग्य र सङ्घको नेतृत्व समालेर एउटा उचाइमा पु-याउने भएकोले मैले उम्मेदवारी घोषणा गरेको छु । तपाइ सबै औषधी व्यवसायी साथीहरूको अमूल्य मत दिए विजयी गराउनुहुन विनम्र अनुरोध गर्दछु ।’ समृद्ध सङ्घ व्यवसायी एकता सक्षम व्यवसायी र सम्मानित व्यवसाय मेरो प्रतिवद्धा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्