मन्त्रालयमा नवनियुक्त मन्त्री त्रिपाठीलाई स्वागत


काठमाडौँ, ५ मङ्सिर । शितलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण खाएपछि मन्त्रालय गएका नवनियुक्त मन्त्री हृदयश त्रिपाठीलाई कर्मचारीहरू स्वागत गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू फूलमाला, फूलका गुच्छा र खादासहित लाइनमा उभिएका छन् ।

सरकारले मन्त्रिपरिषद् हेरफेर गरेपछि त्रिपाठीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्रालयको भवन अगाडि कर्मचारीहरूको बाक्लो उपस्थिति रहेका छन् । अन्य मन्त्रालयमा पनि यस्तै अवस्था छन् ।

प्रतिक्रिया दिनुहोस्