बेलबारी १ मा एकै पटक ३ वटा पोल ढल्यो : ५ घरमा विद्युदको सुविधा आजलाई अवरोध


बेलबारी । बेलबारी नगरपालिका वडा नं.१ मा एकै पटक ३ वटा पोल ढलेको छ । बेलबारी वडा नं.१ स्थित पूर्व पश्चिम हाइवेको उत्तर तर्फ नगरपालिका जाने बाटोको ३ वटा पोल ढलेको हो ।

उक्त क्षेत्रको दक्षिण तर्फ मालपोत र नापि कार्यालय भएकोले कार्यालयको खुल्ला समयमा मानिसको आवतजावत बाक्लो हुने गर्छ । कार्यालयको समयमा उक्त घटना घटेको भए मानवीय तथा भौतिक क्षति ठुलो हुन सक्थ्यो । पोल र तारमा भएको क्षति बाहेक मानवीय तथा अन्य भौतिक क्षति केही भएन ।

बेलबारी १ स्थित मेची बहुउद्देश्यीय सहकारीको कार्यालय रहेको घर तर्फ गाडी प्रवेश गराउने क्रममा तल्त्रीएको तार अल्झिदा तानिएर ३ वटानै पोल ढलेको स्थानीय बताउँछन् । विद्युत् प्राधिकरण बेलबारीका प्रमुख राजेश कुमार पाण्डेले पनि गाडीको कारण पोल ढलेको बताएका छन् ।

(घर बेटी यज्ञ बहादुर महतरा र गाडीका चालक गुलाब सुतियार )

तर उक्त गाडीका चालक गुलाब सुतियारले अस्वीकार भने गर्छन् । तारमा तानिएको हैन आफै ढलेको चालकको दाबी रहेको छ । गाडी चालक भन्छन्, ‘धन्न बाचियो कुनै दुर्घटना निम्तिएन, गाडी प्रवेश गराउँदा गराउँदै पोल ढल्नु सन्जोग हो गाडीले तार तानेको हैन ।’ तार तान्ने गरीको गाडीको उचाइ नभएको चालकको दाबी रहेको छ ।

निकै समयदेखि नै पोलहरू तारको भारसहित ढल्ने अवस्थामा भएकोले ढल्केको घर बेटी यज्ञ बहादुर महतरा बताउँछन् । बेलबारीको विद्युत् प्राधिकरण कार्यालयमा धेरै पटक पोलबारे जानकारी गराउँदा पनि चासो नदिएको कारण पोल ढलेको महतराको आरोप रहेको छ ।

तर विद्युत् प्राधिकरण बेलबारीका प्रमुख पाण्डेले पोलको अवस्था राम्रै थियो भन्ने दाबी रहेको छ । पाण्डेका अनुसार उक्त पोल ढलेको कारण वरिपरि रहेको ५ घरमा विद्युत् आज नआउने जनाएका छन् । भोलीसम्म बनाइ सक्ने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्