जंगलीमौरीको आक्रमणमा एक बालकको मृत्यु


काठमाडौँ, ५ मङ्सिर ।  घर नजिक रहेको बाँस घारीमा जंगलीमौरीलाई ढुङ्गा हान्दा चिलेर सर्लाहीको मलङ्गवा–७, मुसैलीका ३ वर्षीय किसान कुमार रायको मृत्यु भएको छ ।

बालबालिकाले जंगलीमौरीलाई ढुङ्गा हान्दा सो घटना भएको हो । जंगलीमौरीको आक्रमणमा पाँच जना बिरामी भएका छन् ।

३५ वर्षीय चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीय अञ्जलीदेवी यादव, ४० वर्षीय देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतोलाई मौरीले चिल्दा बिरामी भएका छन् ।

बिरामीहरूलाई उपचारको लागि मलंगवा अस्पताल पछि घर पठाई सकेको सर्लाहीका नेपाल प्रहरीका उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्