कानेपोखरी गाउँपालिकाको प्राथमिकतामा महिला तथा युवा लक्षित कार्यक्रम


कानेपोखरी । कानेपोखरी गाउँपालिकाको आयोजनामा बेसिक ब्युटिसियन तालिम सुरु भएको छ । कानेपोखरीमा महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले मङ्गलवार देखी ब्युटिसियन तालिम सुरु भएको हो ।

केराकारी गाउँपालिकाको कार्यालयको सभाहलमा तालिमको औपचारिक उद्घाटन अध्यक्ष राजमती इङनामद्वारा भएको छ । तालिमको उद्घाटन कार्यक्रममा शुभकामना प्रदान गर्दै हातमा सीप र सर्टिफिकेटको अभावमा कुनै पनि महिलाले आत्मनिर्भर बन्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले महिला तथा युवा लक्षित कार्यक्रम गाउँपालिकाले आयोजना गरिरहेको इङनामले बताइन । तालिममा सहभागी सबैलाई सिकेको कुरालाई व्यवहारिक रूपमा सदुपयोग गरेर स्वरोजगार बन्न प्रोत्साहन गरिन ।

प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले गाउँपालिकाले बेसिक ब्युटिसियन एडभान्स र नेल आर्ट्सको पनि सूचना निकालेर छनौटको अन्तिम तयारीमा रहेको र चाडै तालिम सुरुवात गर्ने जनकारी गराएकी छिन । कानेपोखरी गाउँपालिकाद्वारा यस आर्थिक वर्षमा मात्रै महिला तथा युवा स्वरोजगारका लागि विभिन्न खाले प्लम्बिङ, ड्राइभिङ, बेकरी, कफी मेकिङ, गुडिया तालिम, जुत्ताचपल तालिम सम्पन्न गरेको यादवले बताइन ।

प्रतिक्रिया दिनुहोस्