कुखुरा फर्मका सञ्चालक सहदेव हत्याको अपरोपमा दुईजना पक्राउ


सुन्दहरैँचा । सुन्दहरैँचाको एक कुखुरा फर्म सञ्चालकको हत्याको अभियोगमा दुई जना पक्राउ परेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं.१ स्थित कुखुरा फर्मका सञ्चालक वडा नं.९ निवासी ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा दुई जना पक्राउ परेको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे १० बजे बजगाईँको फर्मभित्रै मृत अवस्थामा शव फेला परेको थियो । बजगाईँको बीभत्स गरी हत्या भएको थियो । उनको टाउको क्षतविक्षत अवस्था रहेको थियो । प्रहरीले घटनास्थलबाट बन्चरो र दाउ पनि फेला परेका थिए ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नं.४ हाटखोला निवासी वर्ष ३६ का छिरिङ नामले परिचित सुनिल योन्जन तामाङ र छिरिङका श्रीमती वर्ष ३३ की प्रनीसा पाँचकोटी पक्राउ परेका छन् । असार २६ गते राती अन्दाजी १०ः३० बजे सहदेव र छिरिङ बिच पारिश्रमिक विषयमा विवादको कारण सो घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सहदेव हत्याका अभियुक्त छिरिङ र प्रनीसालाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेज बहादुर दाहाल नेतृत्वको टोलीले सुनसरीको धरान उपमहानगरपालिका वडा नं.१२ बाट नियन्त्रणमा लिन सफल भएका थिए । उनीहरूबाट मृतक सहदेवले चलाउने गरेको मोबाइल १ थान र मृतकले लगाएको सुन जस्तो देखिने बेरुवा औँठी १ थान बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दाहालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्